मोहम्मद सलाहले पेनाल्टीमा दुई गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा सहज जित निकालेको छ।
शनिबार राति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले साउथहेप्टनमाथि ३–१ को सहज निकालेको हो।
खेलको पहिलो हाफमा १–० ले पछि परेको लिभरपुलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै लिगमा जित दर्ता गरेको हो।
पहिलो हाफको इन्ज्युरी समयमा साउथहेप्टनले सुरुवाती अग्रता बनाएको थियो। खेलको ५१ औँ मिनेटमा डियाज नुनेजको गोलमा लिभरपुल खेलमा फर्किएको थियो।
खेलको ५५ औँ मिनेटमा मोहम्मद सलाहको पेनाल्टी गोलमा लिभरपुलले अग्रता दोब्बर पार्यो। सलाहले नै खेलको ८८ औँ मिनेटमा पेनाल्टीमा नै गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए।
जितसँगै शीर्ष स्थानको लिभरपुलले आर्सनलसँग १६ अंकको फराकिलो अग्रता बनाएको छ।
लिगको २९ खेलमा २१ खेलमा जित, ७ खेलमा बराबरी र १ खेलमा हार भोथेको लिभरपुलको ७० अंक छ। दोस्रो स्थानको आर्सनलको ५४ अंक छ।
गएराति नै भएको खेलमा ब्राइटनले फुलहामलाई २–१ ले हराउँदा क्रिष्टल प्यालेसले एप्सविच टाउनमाथि १–० को जित दर्ता गरेको छ।
अर्को खेलमा म्यानचेष्टर सिटीनटिङघम फरेष्टसँग १–० ले पराजित हुँदा एष्टोन भिल्लाले ब्रेन्टफोर्डलाई १–० ले नै हराएको छ। अर्को खेलमा एभर्टन र वुल्भसले १–१ को बराबरी गर्दै अंक बाँडे।
Shares

प्रतिक्रिया