नेकपा (माओवादी केन्द्र) को भातृ संगठन वाईसीएल नेपाल बागमती प्रदेश समितिले आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समिति विजयी भएको छ।
माओवादी केन्द्र युवा नेताहरूको समूहलाई १ का विरुद्ध ४ गोल गरी क्रान्तिकारी विजयी भएको हो।
वाईसीएल नेपाल बागमती प्रदेश समिति, नेकपा (माओवादी केन्द्र) युवा नेताहरू अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समिति र अखिल क्रान्तिकारी बागमती प्रदेश समिति गरी चरवटा टिम सहभागी थिए।
रोयल नेपाल फुटसल मध्यपुर थिमि २ वडा दिव्यश्वरी टाउन प्लानिङमा भएको खेलमा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्र बहादुर शाही प्रमुख अतिथी थिए।
24
Shares

प्रतिक्रिया