खेल


च्याम्पियन्स ट्रफी: वर्षाका कारण अस्ट्रेलिया-दक्षिण अफ्रिका भिडन्त रद्द

च्याम्पियन्स ट्रफी: वर्षाका कारण अस्ट्रेलिया-दक्षिण अफ्रिका भिडन्त रद्द

नेपालखबर
फागुन १४, २०८१ बुधबार ८:९, काठमाडौँ

आईसीसी च्याम्पियन्स ट्रफीअन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाका कारण रद्द भएको छ।

रावल पिन्डीमा पानी परेका कारण टससमेत हुन नसकेपछि दुवै टोलीले एक/एक अंक बाँडेका छन्।

योसँगै ३ अंक भएको दक्षिण अफ्रिका समूह बीमा अंक तालिकाको शीर्ष स्थानमा छ।

समान ३ अंक भए पनि नेटरनरेटमा पछि पर्दै अस्ट्रेलिया दोस्रो स्थानमा छ।

जितविहीन इङ‌्ग्याल्नड र अफगानिस्तान तेस्रो र चौथो स्थानमा छन्।

च्याम्पियन्स ट्रफीमा आज इङल्यान्ड र अफगानिस्तान भिड्दै छन्।

लाहोरमा हुने खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ।

यो खेल हार्ने टोली सेमिफाइनलको दौडबाट बाहिरिनेछ।

जित्ने टोलीको भने अन्तिम चारको यात्रा कायम रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad