खेल


नेपाल-म्यानमारबीच फाइनल खेल‍ : भीआईपी टिकटको २ हजार, ५ वर्षमाथिका बच्चालाई पनि लाग्नेछ शुल्क

नेपाल-म्यानमारबीच फाइनल खेल‍ : भीआईपी टिकटको २ हजार, ५ वर्षमाथिका बच्चालाई पनि लाग्नेछ शुल्क

नेपालखबर
फागुन १३, २०८१ मंगलबार १२:२५, काठमाडौँ

चार दे‍शीय महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको फाइनलको टिकटदर तोकिएको छ।  

अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा)का अनुसार नेपाल र म्यानमारबीच बुधबार हुने फाइनल खेल लागि भीआईपी सिटका लागि २ हजार रुपैयाँ र साधारण सिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको तोकिएको हो।

लिगमा भीआईपीतर्फ १ हजार र‌ साधारणतर्फ ५ सय रुपैयाँको‌ टिकट दर राखिएको थियो। त्यस्तै फाइनल खेलका लागि पाँच वर्षभन्दा माथिको उमेरका बालबालिकालाई पनि शुल्क लाग्ने एन्फाले जनाएको छ।   

च्याम्पियनसिपमा नेपालसहित, लेबनान, ताजकिस्तान र म्यानमार सहभागी छन्। म्यानमार र नेपाल समूह विजेता र उपविजेता बनेर फाइनल पुगेका हुन्। 

समूह चरणको अन्तिम खेलमा दुई टोली २-२ गोलमा रोकिएका थिए।  

बुधबार फाइनल खेल निर्धारित ९० मिनेटको समयमा बराबरीमा रोकिए ३० मिनेट अतिरिक्त समय थपिनेछ। थप समयमा पनि बराबरी भएपछि बल्ल खेल ट्राइबरेकरमा धकेलिनेछ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad