खेल


अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप: समूह चरणको अन्तिम खेलमा आज नेपाल र म्यानमार भिड्दै

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप: समूह चरणको अन्तिम खेलमा आज नेपाल र म्यानमार भिड्दै

फाइल तस्बिर


नेपालखबर
फागुन ११, २०८१ आइतबार ६:४२, काठमाडौँ

घरेलु मैदानमा जारी फोर नेसन्स अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (आइतबार) नेपाल र म्यानमार भिड्दैछन्। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ६ बजेदेखि सुरु हुनेछ। 

एक खेल अगावै फाइनलमा पुगिसकेका नेपाल र म्यानमारका लागि आइतबारका लागि अभ्यास समेत हुनेछ। 

म्यानमार शीर्ष र नेपाल दोस्रो स्थानमा रहँदै एक खेल अगावै फाइनलमा पुगिसकेका छन्। 

नेपालले समूह चरणको पहिलो खेलमा किर्गिस्तान र दोस्रो खेलमा लेवनानलाई समान १–० गोल अन्तरले हराएको थियो। 

नेपालको दुवै जितमा फरक खेलाडीले गोल गरेका छन्। किर्गिस्तानविरुद्ध नेपालकी विमला चौधरीले गोल गरेकी थिइन्। लेवनानविरुद्ध सावित्रा भण्डारीको निर्णायक गोलमा नेपालले जित निकालेको थियो। 

म्यानमारले भने पहिलो खेलमा कीर्गिस्तानलाई ३–१ ले तथा दोस्रो खेलमा लेवनानमाथि ५–० को फराकिलो जित दर्ता गरेको थियो। 

म्यानमार र नेपालका लागि यो खेल फाइनल अघिको अभ्यास समेत हुनेछ। तर नेपाली टोली आइतबारको खेलमा जित निकाल्दै फिफा वरियता सुधारको प्रयासमा हुनेछ। 

यो खेलको हार जितको नतिजाले नेपालको उपाधि यात्रामा थप बल पुग्नेछ। 

हेड टु हेट
नेपाल र म्यानमार महिला फुटबलमा तेस्रो पटक भिड्न लागेका हुन्। यसअघिका दुई भेटमा नेपालले म्यानमारलाई हराउन सकेको छैन। 

नेपाल तेस्रो भेटमा म्यानमारमाथि जित निकाल्न चाहान्छ। तर जारी च्याम्पियनसिपमा म्यानमारलाई उपाधि दाबेदारको रुपमा हेरिएको छ। 

नेपाल र म्यानमार ६ वर्षपछि भेट हुन लागेका हुन्। सन् २०१९ मा भएको एएफसी महिला ओलम्पिक छनोटमा भेट भएका थिए। 

सो भेटमा नेपाल म्यानमारसँग ३–१ ले पराजित भएको थियो। नेपाल आइतबारको खेलमा त्यो हारको बदला लिन चाहान्छ। 

नेपाल र म्यानमार पहिलो पटक सन् २०१८ मा पहिलो पटक भेट भएका थिए। ओलम्पिक छनोट अन्तर्गत नै भएको पहिलो भेटमा नेपाल र म्यानमार बीचको खेल १–१ को बराबरीमा सकिएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad