खेल


प्रधान सेनापति खुला म्याराथनमा सेनाकै वर्चश्व

प्रधान सेनापति खुला म्याराथनमा सेनाकै वर्चश्व

नेपालखबर
फागुन १०, २०८१ शनिबार २०:५६, काठमाडौँ

महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रधान सेनापति खुला म्याराथन–२०८१ को दशौँ संस्करण सम्पन्न भएको छ।

कार्यक्रममा ४२.१९५ किलोमिटर म्याराथन (खुला पुरुष), २१ किलोमिटर हाफ म्याराथन (खुला महिलारपुरुष), १० किलोमिटर दौड (छात्र तथा छात्रा), १० किलोमिटर दौड (सैनिक अधिकृत र सैनिक सहचारी), ५ किलोमिटर दौड (छात्र तथा छात्रा) र ५ किलोमिटर वाकाथन विधाहरू समावेश थियो।

उक्त प्रतियोगिताको ४२.१९५ किलोमिटर खुला म्याराथन तर्फ नेपाली सेनाका हुद्दा खड्‍ग बहादुर खड्काले निर्धारित दुरी २ घण्टा १७ मिनेट २० सेकेन्डमा पुरा गरी प्रथम स्थान हासिल गरे। 

त्यसै गरी २१ किलोमिटर हाफ म्याराथन खुला पुरुष तर्फ नेपाली सेनाका प्युठ मुकेश बहादुर पालले निर्धारित दुरी १ घण्टा ०४ मिनेट ४१ सेकेन्डमा पुरा गरी प्रथम स्थान र २१ किलोमिटर हाफ म्याराथन खुला महिला तर्फ सन्तोषी श्रेष्ठले निर्धारित दुरी १ घण्टा १७ मिनेट ०४ सेकेन्डमा पुरा प्रथम भइन्।

विभिन्न विधाहरूमा विजयी धावकहरूलाई रक्षामन्त्री मानवीर राई, प्रधान सेनापति अशोकराज सिग्देल, पूर्व प्रधानसेनापतिहरू, सैनिक श्रीमती संघकी अध्यक्ष निता क्षेत्री सिग्देल, बलाधिकृत रथी, बलाध्यक्ष रथी तथा काठमाडौँ महानगरपालिकाका एमएडब्लु राइड्स प्रालिका प्रतिनिधिहरूले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

कार्यक्रममा बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृतहरू, सैनिक श्रीमती संघका पदाधिकारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, लगायत विभिन्न सरकारी निकायका पदाधिकारीहरू, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरू, विभिन्न खेलका प्रशिक्षकहरू, सैनिक सहचारीहरू, सञ्चारकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad