खेल


मच्छिन्द्र फुटबल क्लबलाई इटहरी गोल्ड कपको उपाधि

मच्छिन्द्र फुटबल क्लबलाई इटहरी गोल्ड कपको उपाधि

नेपालखबर
फागुन १०, २०८१ शनिबार १९:५५, विराटनगर

१५ औँ संस्करणको इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ।  

शनिबार भएको फाइनल खेलमा सगरमाथा यूथ क्लब मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र विजेता भएको हो।

यो जितसँगै मच्छिन्द्रले यो सिजनको पहिलो उपाधि जितेको छ। उपाधि विजेता मच्छिन्द्र क्लबले नगद १० लाख सहित च्याम्पियनको ट्रफी हात पारेको छ। यस्तै सगरमाथा यूथ क्लबले उपविजेता बन्दै नगद ५ लाख सहित ट्राफी प्राप्त गरेको छ।

फाइनल खेलमा मच्छिन्द्रलाई विजयी बनाउन विदेशी खेलाडी मलिक युसुफ र ओमुलाजा नुरैन हरिमले गोल गरेका थिए। खेलको चौथो मिनेटमा मलिक युसुफले गोल गर्दै टिमलाई अग्रता दिएका थिए भने हरिमले खेलको ८५ औँ मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए।  

स्थानीय दर्शकको सर्पोट हुँदा पनि २ पटकको विजेता सगरमाथाले फाइनल खेलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उपविजेता मै चित्त बुझाउनुपरेको छ। शनिवारको खेलको म्यान अफ द म्याच सगरमाथा यूथ क्लबका कप्तान अशोक खवास घोषित भए। उनले नगद १० हजार प्राप्त गरे।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सगरमाथा यूथ क्लबका कुलदिप कार्की घोषित भए। उनले नगद १ लाखसहित ट्रफी प्राप्त गरेका  छन्। अन्य विधा तर्फ भने मच्छिन्द्र कै वर्चस्व रह्यो। मच्छिन्द्रका विशाल श्रेष्ठ उत्कृष्ट गोल रक्षक, शनिस श्रेष्ठ उत्कृष्ट डिफेन्डर, विशाल घलान उत्कृष्ट मिडफिल्डर घोषित भए। यस्तै मलिक युसुफ उत्कृष्ट फरवार्ड,सन्तोष न्यौपाने उत्कृष्ट प्रशिक्षक घोषित भए। उनीहरूले जनही २० हजार नगद र ट्रफी प्राप्त गरे।

यस्तै प्रतियोगिता अवधिभर चार गोल गरेका मच्छिन्द्रकै मलिक युसुफ सर्वाधिक गोलकर्ता घोषित हुँदै नगद २५ हजार पुरस्कार प्राप्त गरे। उदयमान खेलाडी आयोजक राष्ट्रिय जागृति क्लबका सविन घिमिरे घोषित हुँदै ३२ इन्चको एलइडि टिभी प्राप्त गरे। 

फागुन ३ गतेदेखि सुरु भएको प्रतियोगितामा एक भारतीय सहित ८ टिमको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad