युरोपेली फुटबल महासंघ (यूईएफए)ले युईएफए च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल खेल अनिश्चितकालका लागि स्थगित गरेको छ।
युईएफएले कोरोना भाइरसको संक्रमणको कारण देखाउँदै लिगको फाइनल खेल स्थगित गरेको जनाएको हो। च्याम्पियन्स लिगको फाइनल मे महिनामा टर्कीको इस्तानबुलस्थित एटाटुरक ओलम्पिक स्टेडियममा खेलाउने तय थियो। युरोपा लिग पोल्यान्डमा हुने तय थियो।
यस्तै युईएफएले युरोपा लिग र वुमन च्याम्पियन्स लिगको फाइनल खेल समेत स्थगित गरेको छ। युइएफएले लिगको वैकल्पिक मितिमा समेत निर्णय गर्न सकेको छैन। दुवै प्रतियोगिता मेमा गर्ने तयारी थियो।
च्याम्पियन्स र युरोपा लिगको प्रि–क्वाटरफाइनलका दोस्रो लेगको खेल सञ्चालन भइरहँदा कोरोनाका भाइरसका कारण प्रतियोगिता स्थगित गरिएको थियो ।
कोरोना भाइरसकै कारण युरोपियन फुटबल एसोसिएसन युइएफएले आगमी जुनलाई तय भएको युरोकप एक वर्षको लागि स्थगित गरिसकेको छ ।
प्रतिक्रिया