ad ad

राजनीति


कोरोना रोकथाम तथा उपचार कोषलाई नेकपा र कांग्रेस सांसदले १५ दिनको तलब दिने

कोरोना रोकथाम तथा उपचार कोषलाई नेकपा र कांग्रेस सांसदले १५ दिनको तलब दिने

नेपालखबर
चैत ११, २०७६ मंगलबार ८:६,

कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न सरकारले खडा गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई सञरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले १५ दिनको तलब उपलब्ध गराउने भएका छन्।

मंगलबार दुवै दलका संसदीय दलले विज्ञप्ति प्रकाशित गर्दै १५ दिनाको तलब उपचार कोषलाई सहयोग गर्ने भएका हुन्।

नेकपाका राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरुले १५ दिन बराबरको पारिश्रमिक सहयोग दिने निर्णय भएको  संसदीय दलका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए।

नेकपाका प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ५० सांसद् छन्।

यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले पनि कोषमा १५ दिनको तलब उपलब्ध गराउने भएका छन्।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले एक विज्ञप्ति प्रकाशित गर्दै सांसदहरुले १५ दिनको तलब उपलब्ध गराउने जानकारी दिएका हुन्। कांग्रेसले कोरोनाको रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका कदमको स्वागत समेत गरेको छ।

‘नेपाली कांग्रेस संसदीय दलले नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषलाई सहयोग स्वरुप नेपाली कांग्रेसका संघीय संसदमा प्रतिनिधित्व गर्नुहुने माननीय सदस्यज्यूहरुको १५ दिनको पारिश्रमिक ९तलब० बराबरको रकम दिने निर्णय गर्दछ’ कांग्रेस संसदीय दलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कांग्रेसका प्रतिनिधिसभामा ६३ र राष्ट्रियसभामा ६ जना सांसद छन्।

कांग्रेसले ‘लक डाउन’को समयमा दैनिक श्रम गर्दै जीवन निर्वाह गर्ने श्रमिकहरुलाई जीवनयापनका लागि खाद्यान्न उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग आग्रह समेत गरेको छ।

कोरोनाविरुद्ध लड्न सरकारले सोमबार ५० करोड रुपैयाँको कोरोना कोष स्थापना गरेको छ। सो कोषमा राष्ट्रपतिले दुई महिनाको, उपराष्ट्रपतिले एक महिनाको, मन्त्रीहरुले एक महिनाको तलब जम्मा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .