खेल


रियल च्याम्पियन्स लिगको अन्तिम १६ मा, सिटी बाहिरियो

रियल च्याम्पियन्स लिगको अन्तिम १६ मा, सिटी बाहिरियो

नेपालखबर
फागुन ८, २०८१ बिहिबार ५:४२, काठमाडौँ

यूईएफए च्याम्पियन्स लिगमा खराब प्रदर्शन गरिरहेको म्यानचेस्टर सिटी प्ले अफबाटै बाहिरिएको छ।

गएराति भएको नकआउट चरणअन्तर्गत प्लेअफको दोस्रो लेगमा रियल मड्रिडसँग ३–१ ले हारेसँगै सिटी समग्रमा ६–३ को पराजय बेहोर्दै बाहिरिएको हो।

पहिलो लेगमा सिटी ३–२ ले हारेको थियो। 

रियलको सानदार प्रदर्शनमा केलियन एमबाप्पे नायक बने। एमबाप्पेको ह्याट्रिकमा रियलले सिटीविरुद्ध सहज जित हासिल गरेको हो।

एमबाप्पेले खेलको चौथो मिनेटमै रियललाई सुरुवाती अग्रता दिलाएका थिए। 

खेलको ३३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई अग्रता दिलाएका एमबाप्पेले ६१औँ मिनेटमा ह्याट्रिक पूरा गरे।

सिटीका लागि निको गोन्जालेजले खेलको इन्ज्युरी समयमा सान्त्वना गोल फर्काए। 

गएराति भएको अर्को खेलमा युभेन्टसलाई ३–१ ले हराउँदै पीएसभीले समग्रमा ४–३ को नतिजा निकाल्दै अन्तिम १६ मा पुगेको छ। 

पीएसजी भने ब्रेस्टविरुद्ध ७–० को फराकिलो जित दर्ता गर्दा समग्रमा १०–० को जित निकाल्दै नकआउट चरणमा पुगेको हो।

अर्को खेलमा बोरुसिया डर्टमुन्डले स्पोर्टिङ सिपीसँग गोलरहित बराबरी खेल्दा अन्तिम १६ मा पुग्न पहिलो लेगको नतिजा नै पर्याप्त बन्यो। पहिलो लेगमा बोरुसियाले ३–० को नतिजा हात पारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad