अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत किर्गिस्तानविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ।
टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नियमित गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा सुरुवाती ११ छनोट गरेका हुन्।
कीर्गिस्तानविरुद्धको खेलमा नेपालकी फरवार्ड सावित्रा भण्डारी साम्बा बेन्चमा छिन्। टोलीमा पहिलो पटक स्थान बनाएका मनमाया दमाइ र सुष्मा तामाङसहित पूनरागमन गरेका सरस्वती हमाल र चन्द्रा भण्डारी बेन्चमा छन्।
खेल ६ बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछ।
नेपालको सुरुवाती ११ः
एञ्जिला तुम्बाप्पो सुब्वा, पुजा राना, विमला विक, रेनुका नगरकोटे, रश्मी कुमारी घिसिङ, गिता राना, रेखा पौडेल, प्रिती राई, विमला चौधरी, सविता रानामगर र निसा थोकर

804
Shares

प्रतिक्रिया