खेल


ओमार मार्मसको ह्याट्रिक, म्यानचेस्टर सिटीको फराकिलो जित

ओमार मार्मसको ह्याट्रिक, म्यानचेस्टर सिटीको फराकिलो जित

नेपालखबर
फागुन ४, २०८१ आइतबार ६:३१, काठमाडौँ

ओमार मार्मसको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले इङलिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडमाथि फराकिलो जित दर्ता गरेको छ। 

शनिबार राति इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले न्युक्यासलमाथि ४–० को फराकिलो जित दर्ता गरेको हो। 

सिटीलाई अंक तालिकाको चौथो स्थानमा पुर्‍याउँन ओमारले १४ मिनेटमा नै ह्याट्रिक पूरा गरेका थिए। उनले पहिलो हाफमा नै ह्याट्रिक पूरा गर्दै सिटीलाई आरामदायी अवस्थामा ल्याएका थिए। 

ओमारले पहिलो हाफको १९ औँ मिनेटमा एल्डरसनको असिष्टमा सुरुवाती गोल गर्दै सिटीको खाता खोलेका थिए। उनले २४ र ३३ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। 

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका जेम्स म्याकटीले खेलको ८४ औँ मिनेटमा गोल गर्दै सिटीलाई ४–० को जित दिलाए। 

जितसँगै सिटी अंक तालिकाको चौथो स्थानमा छ। २५ खेलबाट ४४ अंक बनाएको सिटीले १२ खेलमा जित दर्ता गरेको हो। 

गएराति भएको अन्य खेलमा फुलहामले नटिङघम फरेष्टलाई २–१ ले हराउँदा एष्टोन भिल्ला र इप्सविच टाउनले एक÷एक को बराबरी गर्दै अंक बाँडे। 

ब्रेनफोर्डले वेष्टह्यामलाई १–० ले हराउँदा एभर्टनले क्रिष्टल प्यालेसमाथि २–१ को जित दर्ता गर्‍याे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad