औपचारिक सम्झौता अगाडि ग्रीजम्यान र बार्साबीच पूर्व सम्झौता भएको हो। जसअनुसार ग्रीजम्यान बार्सामा ५ वर्षका लागि बस्नेछन्।
ट्याक्ससहित पहिलो र दोस्रो सिजन उनको तलब १८ मिलियन युरो हुने जनाइएको छ। तेस्रो सिजनमा उनको तलब वृद्धि हुनेछ।
१८ मिलियन युरोबाट उनको तलब २१ मिलियन युरेमा पुग्नेछ। यस्तै चौथौं सिजनमा तलब २३ मिलियन युरो पुग्नेछ भने पाँचौ सिजनमा तलब २५ मिलियन युरो हुनेछ।
यसरी हेर्दा ग्रीजम्यानले पाँच वर्षसम्म सिजनैपिच्छे २१ मिलियन युरो तलब बापत् पाउनेछन्। ग्रीजम्यानलाई थाहा छ उनी तत्कालका लागि बार्सामा थोरै तलबमा आउनुपर्छ। जसलेगर्दा बार्साले उनलाई टोलीमा अनुबन्ध गरोस्।
तर नेमार बार्सा आउने हल्ला चलेसँगै माह्वल परिवर्तन भएको छ। बार्सामा ग्रीजम्यान कि नेमार? भन्ने प्रश्न चिन्हहरु खडा भएका छन्।
यदी बार्सा नेमारको लागि खर्च गर्न तयार भए र बार्साका खेलाडीले नेमारको आगमनलाई स्वीकार गरे ग्रीजम्यानको साटो नेमार बार्सा आउनेछन्।
चार महिना अगाडि जब बार्सा र ग्रीजम्यानबीच अनौपचारिक सम्झौता भएको थियो। त्यसबेला नेमार बार्सा आउन यत्तिको लालाहित हुन्छन् भन्ने कसैले सोचेका थिएनन्।
बार्साको अनुरोधलाई ग्रीजम्यानले गतवर्ष अस्वीकार गरेका थिए। मार्काका अनुसार यस कारण पनि बार्साका समर्थकले ग्रीजम्यानभन्दा नेमारलाई रुचाउँनेछन्।
नेमारले हालै जब आफूलाई बार्सा फर्कन मन लागेको अभिव्यक्ति दिए मेस्सी र स्वारेज निकै खुशी भएका थिए।
बार्सामा हाल मेस्सीले प्रतिसिजन ट्याक्स काटेर ५० मिलियन युरा कमाउँछन्। स्वारेजले १६ मिलियन युरो कमाउँछन्।
यदी ग्रीजम्यान बार्सामा आए २१ मिलियन तथा नेमार बार्सा आए उनले वर्षको ३७ मिलियन युरो कमाउँनेछन्।
बार्साका आफ्नै महँगा खेलाडीहरु भएका कारण उसले धेरै महँगा खेलाडी थुपार्न चाहदैन। त्यसकारण ग्रीजम्यान र नेमारमध्ये एक रोज्नेछ।
ग्रीजम्यानलाई अनुबन्ध गर्नका लागि बार्साले १२० मिलियन युरो तिर्नुपर्ने हुन्छ। नेमारको मूल्य पिएसजीले २५० मिलियन युरो तोकिदिएको छ। तर नेमारका लागि बार्साले १८० मिलियन युरोेभन्दा बढी तिर्ने मनसाय बनाएका छैन।
बार्साले नेमारको लागि स्यामुल उमटीटी र डेम्बेलेसँगै सय मिलियन युरोभन्दा बढी थप्ने बताइरहेको छ।

प्रतिक्रिया