युरोपेली राष्ट्र जर्मनीले नेपाललाई ३ अर्ब २ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ। अर्थ मन्त्रालयमा बिहीबार जर्मनीका राजदूत रोल्यान्ड शेफर र अर्थसचिव राजन खनालले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
जर्मनीले सन् १९५९ यता प्राविधिक तथा वित्तीय सहयोग गर्दै आएको छ। यसअवधिमा नेपाललाई जर्मनीले ९७ करोड ९६ लाख युरोबराबरको अनुदान सहयोग पाइसकेको छ। सन् २०१८ को सेप्टेम्बरमा गरिएको प्रतिबद्धताअनुरुप उक्त सहयोग प्राप्त भएको हो। उक्त रकम जर्मन विकास बैंकले कार्यान्वयन गर्ने परियोजनामा खर्च हुनेछ। बैंकको तर्फबाट नेपालमा ग्रामीण क्षेत्रमा सौर्य विद्युतका लागि आवश्यक प्रविधि, सिँचाइ, विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा सोलार ऊर्जा जडानजस्ता परियोजना सञ्चालनमा रहेका छन्।
त्यस्तै परोपकार प्रसूति अस्पतालको भवन निर्माण र स्वास्थ्य सुविधामा पनि उक्त रकम खर्च हुनेछ भने दिगो आर्थिक विकासअन्तर्गत ग्रामीण क्षेत्रका योजनामा खर्च हुने बताइएको छ।

प्रतिक्रिया