खेल


अर्को कोशेढुंगा पूरा गर्दै आहा-रारा गोल्डकप

अर्को कोशेढुंगा पूरा गर्दै आहा-रारा गोल्डकप

लक्ष्मी जि.सी
माघ २९, २०८१ मंगलबार १८:५५, काठमाडौँ

घरेलु फुटबलको नकआउट प्रतियोगितामा आहा-रारा पोखरा गोल्डकपको अलग पहिचान छ। पोखरा रंगशालामा जारी आहा राराको २४ औं संस्करणमा बुधबार अर्को एउटा कोशेढुंगा बन्दै छ। 

नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने पहिलो सेमिफाइनल खेल आहा रारा गोल्डकपको २५० औँ खेल हुनेछ। विसं २०५८ सालमा क्याराभान गोल्डकपको नामबाट सुरु भएको प्रतियोगिता दोस्रो संस्करण आहा त्यसको केहिपछि आहा रारा र पछिल्लो संस्करणबाट आहा रारा पोखरा गोल्डकपका नाममा परिचित छ। 

सुरुवाती संस्करण मात्र क्याराभानको नामले भएको प्रतियोगितामा आहा राराको सहकार्य भएको २३ औं वर्ष पूरा भएको छ। निरन्तरत हरेक वर्ष आयोजना हुने सम्भवत नेपालको एक मात्र प्रतियोगिता आहा-रारा एउटै प्रायोजकले दुई दशकभन्दा लामो साथ दिएको पनि अर्को उदाहरण नेपाली फुटबल भेटिँदैन। 

क्याराभानको पहिलो खेल सहारा ह्वाइट र नक्साल क्लबबीच भएको थियो। २०६२ मा भएको पाँचौं सस्करणमा मनाङ मर्स्याङ्दी क्लब र पुलिसको खेल आहा राराको ५० औं खेल थियो। २०६७ मा भएको दसौं संस्करणमा प्रतियोगिताको एक सयौं खेल भएको थियो। त्यसमा आयोजक सहारा र धरानबीच भएको थियो।

कुन वर्ष कति खेल?

२०७१ मा भएको १४ औं संस्करणमा प्रतियोगिताको १ सय ५० औं खेल खेल पूरा भएको थियो। जसमा  थ्री स्टार र झापा भिडेका थिए। २ सयौं खेलमा मनाङ र झापाबीच २०७६ सालको १९ औं भएको थियो।  आहा राराको २ सय ५० औँ खेलमा पुलिस र चर्च ब्वाइज भिड्दै छन्।

आहा राराको २३ औँ संस्करणसम्म  ८ टोलीमात्र च्याम्पियन भएका छन्। पुलिस र मनाङले सर्वाधिक ६ पटक उपाधि जित्दा थ्री स्टारको नाममा ५ वटा उपाधि रहेको छ। त्यसपछि संकटा क्लब दुई पटक च्याम्पियन बनेको छ भने आयोजक सहारा क्लब, अफ्रिकन युनाइटेड, एपिएफ र त्रिभुवन आर्मी क्लबले समान एकपटक उपाधि उचालेका छन्।

प्रतियोगिताको उपाधिमा ह्याट्रिक गर्ने पुलिस एक मात्र टोली हो। पहिलो र दोस्रो संस्करणको विजेता पुलिस २०६४ पछि लगातार तीन वर्ष च्याम्पियन बनेको थियो। २०७४ यता भने पुलिस खाली हात फर्कँदै आएको छ। २३ औं संस्करणमा ५ पटक पेनाल्टी सुट आउटमा पुगेर उपाधिको छिनोफानो भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad