साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबले चर्च ब्वाइज युनाइटेडसँग खेल्दै २४ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सुरुवात गर्दैछ।
पोखरा रगंशालामा खेल दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ।
डिफेन्डिङ च्याम्पियन आर्मी चर्च ब्वाइजलाई हराउँदै उपाधि रक्षा गर्ने योजनामा मैदान उत्रनेछ। चर्च ब्वाइजले भने प्रि–क्वार्टरफाइनलमा सडन डेथमा एनआरटीलाई हराउँदै अन्तिम आठको यात्रा तय गरेको थियो।
यो खेलको विजेताले सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ। पुलिस क्लबले क्वार्टरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।
३ विदेशीसहित १२ टोली सहभागी प्रतियोगिताको उपाधि विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
342
Shares

प्रतिक्रिया