काराबाओ कपको उपाधिका लागि लागि लिभरपुल र न्युक्यासल भिड्ने भएका छन्।
गएराति एनफिल्डमा भएको सेमिफाइनलको दोस्रो लेगमा टोटनहममाथि ४–० को फराकिलो जित निकाल्दै लिभरपुलले क्युक्यासलसँगको भेट पक्का गरेको हो।
सेमिफाइनलको पहिलो लेगमा टोटनहमसँग १–० ले पराजित भएको लिभरपुल दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै समग्रमा ४–१ को जित निकाल्दै उपाधि नजिक पुगेको हो।
खेलको पहिलो हाफमा १–० ले अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा ३ गोल गर्याे। खेलको ३४ औँ मिनेटमा मोहम्मद सलाहको क्रसमा कोडी गोक्पोको गोलमा लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो।
खेलको ५१ औँ मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २–० को अग्रता दिलाए। ७५ औँ मिनेटमा डोमिनिकको गोलमा लिभरपुलले अग्रता फराकिलो पारेको थियो।
खेलको ८० औँ मिनेटमा भर्जिल भान डिज्कको गोलमा लिभरपुलले दोस्रो लेगमा ४–० को अग्रता बनायो।
लिभरपुलले अब उपाधिका लागि १६ मार्चमा वेम्वेलीमा उपाधिका लागि न्युक्यासलविरुद्ध खेल्नेछ। न्युक्यासलले आर्सनलमाथि समग्रमा ४–० को जित निकाल्दै फाइनलमा पुगेको थियो।
Shares

प्रतिक्रिया