समाज


भिरबाट ट्रक खस्दा गाडी धनीको मृत्यु, चालकले फाल हानेर ज्यान जोगाए

भिरबाट ट्रक खस्दा गाडी धनीको मृत्यु, चालकले फाल हानेर ज्यान जोगाए

नेपालखबर
माघ २५, २०८१ शुक्रबार ७:२०, काठमाडौँ

कालीकोटमा गएराति ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  

नरहरिनाथ गाउँपालिका- ८ मा बिहीबार राति कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको मिनी ट्रक दुर्घटना हुँदा नरहरीनाथ ५ रुप्साका ४५ वर्षीय गंगा देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ। देउवा ट्रक धनी हुन्। 

लालु गाउँबाट मकै र भटमास लिएर सुर्खेत फर्किने क्रममा स्थानीय हलेसे भिरबाट तल खसेर ट्रक दुर्घटना भएको हो। ट्रक चालकले भने फाल हानेर ज्यान जोगएका छन्।

ओरालो सडकमा आफैँ अनियन्त्रित भएकार ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकाटेका प्रमुख डीएसपी टेक बहादुर रावतले जानकरी दिए। 

दुर्घटनामा गम्भीर घाइते भएका देउवालाई उपचारको लागि मान्म लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। ट्रक सडकबाट २ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad