खेल


नेपालको लगातार पाँचौँ हार, नेदरल्यान्ड्ससँग १० विकेटले पराजित

नेपालको लगातार पाँचौँ हार, नेदरल्यान्ड्ससँग १० विकेटले पराजित

टी–२० सिरिजमा नेपालले पाँचौँ हार व्यहोरेको छ (क्यान)


नेपालखबर
माघ २३, २०८१ बुधबार १५:१४, काठमाडौँ

महिला त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले पाँचौँ हार व्यहोरेको छ। बुधबार सम्पन्न खेलमा नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो। 

१४६ रनको लक्ष्य नेदरल्यान्ड्सले विनाविकेट अन्तिम २ बल अघिनै पूरा गर्यो। 

नेदरल्यान्ड्सको जितमा ओपनर स्टेरे कलिस सतकबाट २ रनले टाढा रहिन्। फेबे मोल्केनबोयर पनि अर्धसतकबाट २ रनले नै चुकिन्।

कलिसले ६९ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै ९८ रन बनाइन्। मोल्केनबोयरले ४९ बलमा ४ चौकाको मद्दतमा ४८ रन बनाइन्।  

७ जना बलर प्रयोग गरेको नेपालका कुनै पनि बलरले विकेट लिन सकेनन्। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूजा महतोको अर्धशतकको मद्दतमा ४ विकेटको क्षतिमा १४५ रन बनाएको थियो। 

पूजाले नटआउट ६२ रन बनाइन्। ५१ बलको सामना गर्दा उनले ५ चौका प्रहार गरिन्। कविता जोशी ६ बलमा ७ रन बनाउँदै नटआउट रहिन्। उनले एक छक्का प्रहार गरिन्। 

नेपालका लागि ओपनर सम्झना खड्का ६ रनमा र ममता चौधरी १ रनमा आउट भए। त्यसपछि कप्तान इन्दु बर्मा ३९ रनको योगदान गर्दै पेबेलियन फर्किइन्।

इन्दुले ३७ बलमा ५ चौका प्रहार गरिन्। रुविना क्षेत्रीले १७ बलमा तीन चौका प्रहार गर्दै २० रनको योगदान दिइन्। 

नेदरल्यान्ड्सकी आइरिस ज्विलिङले २ विकेट लिँदा क्यारोलिन डे लैंग र हेदर सिजर्सले समान एक विकेट हात पारे। 

यसअघि पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो। दोस्रो खेलमा थाइल्यान्डसँग ४ विकेटले, तेस्रो खेलमा नेदरल्यान्डसँग १५ रनले र चौथो खेलमा थाइल्यान्डसँग ५ रनले पराजित भएको थियो। 

अब अन्तिम खेल नेपालले थाइल्यान्डसँग खेल्नेछ। नेपाल जितविहिन भएसँगै फाइनलमा पुग्न पनि असफल भएको छ।

सबै तस्बिर : क्यान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad