किराया मकाउको अध्यक्षमा केशव र किवाहाङ परिचर्चा

किराया मकाउको अध्यक्षमा केशव र किवाहाङ परिचर्चा

बज्रकुमार थुलुङ राई
माघ २२, २०८१ मंगलबार १७:८, काठमाडौँ

किरात राई यायोक्खा, मकाउको चौथो साधारणसभा तथा अधिवेशनबाट केशव थुलुङ राई अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।

नवगठित १७ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष प्रजोत हाङ्खिम राई, उपाध्यक्षद्वय गंगाकुमार राई र भूपालसिं राई, महासचिव रक्षादल राई, सचिव शर्मिला राई, कोषाध्यक्ष आयुष राई तथा सहसचिव प्रेमकुमार राई रहेका छन्।

यसैगरी, सदस्यहरूमा विकास राई, पार्वती राई, नारदमणि राई, अनिल खिम्बुले राई, उमेश चाम्लिङ राई, प्रकाश राई, समिक्षा राई, म्याक कुलुङ राई र लक्ष्मीकुमार राई चयन भएका छन्।

डा. मंगल राईको अध्यक्षता र किराया हङकङका अध्यक्ष गजेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो अधिवेशनमा आदिवासी जनजाति महासंघका अध्यक्ष भीम राई, किरात राई प्रज्ञा प्रतिष्ठान हङकङका सहसचिव बज्रकुमार राई, किराया हङकङका प्रमुख सल्लाहकार माया (चन्द्रका) थुलुङ राई, थुलुङ राई सामा हङकङका अध्यक्ष रामली राई र साब्लाबुङ पुस्तकालय अभियानका अभियन्ता राजकुमार राईको विशेष उपस्थिति रहेको थियो।

मकाउस्थित रेड हाउस नेपाली रेस्टुरेन्ट एन्ड डिजे बारको सभाकक्षमा सम्पन्न उक्त अधिवेशनमा गैरआवासीय नेपाली संघका अध्यक्ष भीमसेन श्रेष्ठ ‘रुस्तम’, किरात याक्थुम चुम्लुङका वरिष्ठ उपाध्यक्ष शेरहाङ याक्सो, तामाङ घेदुङ संघका अध्यक्ष कलबहादुर तामाङ, गुरुङ तमु समाजका अध्यक्ष लीलबहादुर गुरुङ ‘गोरा’, नेवा गुठीका अध्यक्ष अनिल श्रेष्ठ, मगर संघका अध्यक्ष एन्जल सारु मगर, किराया हङकङका महासचिव राजेन्द्र राई, किराया हङकङका सचिव शिवकुमार बान्तवा र लोहोरुङ समाजका सचिव धर्म लोहोरुङ राईको सहभिगता रहेको थियो।

सोही कार्यक्रममा साब्लाबुङ प्रकाशनका प्रधानसम्पादक तथा साहित्यकार राजकुमार राईकृत उपन्यास ‘किवाहाङ’को लोकार्पण तथा परिचर्चा गरिएको थियो।

गोरखा आर्मीको जिन्दगी र उनीहरूबाट जान-अन्जान स्थापित भएका  लाहुरे संस्कृतिको विषयमा मिहिन ढंगले अध्ययन गरी लेखिएको ‘किवाहाङ’ हाल चर्चामा छ।

उक्त पुस्तकबारे बज्रकुमार राईले संक्षिप्त मन्तव्य राखेका थिए भने लेखक राजकुमार राईले समग्र उपन्यास र आदिवासी लाहुरे संस्कृतिबारे बोलेका  थिए।

नेपाली साहित्यको यो उपन्यास मकाउमा नेपाली साहित्य विमोचन र परिचर्चाको इतिहासमा पहिलो पुस्तक बनेको छ।

उक्त विमोचन कार्यक्रममा यो पुस्तक बिक्रीबाट प्राप्त भएको रकम (रु. ३० हजार) लेखकलाई सभाध्यक्ष डा. मङ्गल राईले हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .