बागमती


रसुवामा आगलागी हुँदा ७३ वर्षका वृद्धको मृत्यु, घर पूर्णरूपमा नष्ट

रसुवामा आगलागी हुँदा ७३ वर्षका वृद्धको मृत्यु, घर पूर्णरूपमा नष्ट

नेपालखबर
माघ १७, २०८१ बिहिबार १२:३८, काठमाडौँ

रसुवाको आमाछोदिङमो गाउँपालिका–३, बार्खुमा भएको आगलागीमा एक वृद्धको जलेर मृत्यु भएको छ।  

बुधबार बिहान ६ बजेतिरको समयमा ७३ वर्षीय मिङमार सन्तु तामाङको आगलागीमा परेर मृत्यु भएको हो। उनको ढुंगा–माटोले बनेको जस्ताको छानो भएको एक तले घरमा आगलागी हुँदा घटनास्थलमै मृत्यु भएको बागती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ। 

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी थाम्बुचेतबाट प्रहरी नायब निरीक्षक कमल प्रसाद चौलागाईंको कमान्डमा चार जना र जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्रहरी निरीक्षक पानालाल प्रसाद यादवको नेतृत्वमा एसओसीओ टोलीसहित पाँच जना प्रहरी घटनास्थलमा पुगेका थिए। 

स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा बुधबार बिहान ९ बजेतिरको समयमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीबाट घरका अन्नपात, भाँडावर्तन तथा सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमान अनुसार आगलागीका कारण करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको छ।

मृतकको शव परीक्षणपछि परिवारका सदस्यले अन्त्येष्टिका लागि लगेको र आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad