नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ। आयोजक महाधिवेशन निर्देशन समितिले आज सहिद दिवस परेकाले ट्रफी सहिद गेटमा अनावरण गरेको जनाएको छ।
माघ १० गतेदेखि सुरु भएको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा संकटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) फाइनलमा प्रवेश गरिसकेका छन्।
प्रतियोगिताको विजेतालाई नगद २६ लाख र उपविजेतालाई १३ लाख रुपैयाँ प्रदान गरिने छ। प्रतियोगितामा प्रत्येक खेल खेल्ने दुवै टोलीलाई 'म्याच मनी' स्वरुप नगद ५० हजारसमेत प्रदान गरिने छ।
30
Shares

प्रतिक्रिया