भारतको गुजरातस्थित राजकोटमा खेलिएको पाँच खेलको टी-२० शृंखलाको तेस्रो खेलमा इङ्ग्ल्यान्डले भारतलाई २६ रनले हराएको छ।
पहिले ब्याटिङ गर्दै इङ्ग्ल्यान्डले २० ओभरमा ९ विकेट गुमाउँदै १७१ रन बनायो। इङ्ग्ल्यान्डका लागि बेन डकेटले ५१ रनको इनिङ खेले।
१७२ रनको लक्ष्य पछ्याउँदै टिम इन्डियाले २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन मात्र बनाउन सक्यो।
भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ४० रनको इनिङ खेले।
यसअघि वरुण चक्रवर्तीले चार ओभरमा २४ रन दिएर पाँच विकेट लिए। तर उनको बलिङले टिम इन्डियालाई जिताउन सकेन।
टिम इन्डियाले शृंखलाको सुरुवाती दुई खेल जितेको थियो। तर यो जितको बाबजुद इङ्ग्ल्यान्ड १-२ ले पछाडि छ।
शृंखलाको चौथो खेल जनवरी ३१ मा पुणेमा खेलिनेछ।
147
Shares

प्रतिक्रिया