क्रिकेटर सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन्।
सिल्चरलाइन अस्पताल बालाजुमा हर्नियाको अप्रेसनपछि चिकित्सकको निगरानीमा रहेका लामिछानेलाई सोमबार डिस्चार्ज गरिएको अस्पतालका प्रवन्धक डा. अभिषेक राज सिंहले जानकारी दिए।
माघ ९ गते उनको दायाँ इन्गुइनल हर्नियाको अप्रेसन सफल भएको थियो।
उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेकाले उपचारमा संलग्न चिकित्सकको सुझाव अनुसार डिस्चार्ज गरिएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
255
Shares

प्रतिक्रिया