खेल


लिभरपुलको उपाधि यात्रा मजबुद

लिभरपुलको उपाधि यात्रा मजबुद

नेपालखबर
माघ ६, २०८१ आइतबार १३:३८, काठमाडौँ

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आफ्नो उपाधि यात्रालाई मजबुद बनाएको छ। एक खेल कम खेलेको लिभरपुलले दोस्रो स्थानको आर्सलनसँग ६ अंकको अग्रता बनाएको छ। 

लिभरपुलले २१ खेलमा ५० अंक बनाएको छ। दोस्रो स्थानको आर्सनलको २२ खेलबाट ४४ अंक छ। गएराति भएको खेलमा आर्सनल बराबरीमा रोकिँदा लिभरपुलले अतिरिक्त समयमा २ गोल गर्दै महत्वपुर्ण ३ अंक जोडेको छ। 

लिभरपुलको जितमा दुवै गोद डर्विन नुनेजले गरे। अतिरिक्त समयको पहिलो मिनेटमा र तेस्रो मिनेटमा उनले गोल गरेका हुन्। ब्रेनफोर्डले निर्धारित समयसम्म लिभरपुललाई बराबरीमा रोकेको थियो। तर अतिरिक्त समयमा घरेलुटोलीले दुई गोल खायो। 

आर्सनल भने वेस्टन भिल्लासँग घरेलु मैदानमै २–२ को बराबरीमा रोकियो। यसले आर्सनलको उपाधि होडमा धक्का पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad