खेल


हालान्डले सिटीसँग गरे १० वर्ष लामो सम्झौता

हालान्डले सिटीसँग गरे १० वर्ष लामो सम्झौता

नेपालखबर
माघ ४, २०८१ शुक्रबार १६:४८,

म्यान्चेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डले क्लबसँग १० वर्ष लामो अनुबन्ध गरेका छन्। जसअनुसार उनी २०३४ सम्म एतिहादमा रहने छन्।

यी नर्वेली खेलाडी २०२२ मा डर्टमुन्डबाट सिटीमा आएका थिए। यसबीचमा उनले १२६ खेलामा १११ गोल गरेका छन्। 

उनको यसअघिको अनुबन्ध २०२७ मा अन्त्य हुँदै थियो। नयाँ सम्झौता उनको ३४ औँ जन्मदिनसम्म कायम रहने छ।

यो प्रिमियर लिगको इतिहासकै लामो सम्झौता हो। यसअघि चेल्सीका कोल पाल्मरले गत अगस्टमा ९ वर्ष लामो सम्झौता गरेका थिए।

‘नयाँ सम्झौता गर्न पाउँदा म साँच्चै खुसी छु। यो महान क्बलमा थप समय बिताउन उत्साहित छु,’ हालान्डले भनेका छन्।

सिटीमा पहिलो सिजन ५२ गोल गरेका उनले गत सिजन ३८ गोल गरेका थिए। यो सिजन भने उनको प्रदर्शन खस्किएको छ।

हालसम्म २२ गोल मात्र गरेका छन्। उसो त उनको टोलीले निरन्तर हार बेहोरिरहेको छ। हाल लिग लिडर लिभरपुलभन्दा १२ अंकले पछाडि छ सिटी। 

यद्यपि, सिटी आएयता उनले दुई प्रिमियर लिग र च्याम्पियन्स लिग समेत जितिसकेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad