वुल्भलाई फराकिलो अन्तरले हराउँदै नटिङघम फरेस्टले इङ्लिस प्रिमियर लिगको उपाधि होडलाई थप बलियो बनाएको छ।
सोमबार राति भएको खेलमा नटिङघम फरेस्टले वुल्भ्सलाई ३-० गोल अन्तरले जित्दै दोस्रो स्थानको आर्सनलसँगको अंक बराबरी गरेको हो।
नटिङघम फरेस्टको जितमा मोर्गन गिब्स ह्वाइट, क्रिस उड र टाइवो एवानियीले समान एक गोल गरे।
खेलको पहिलो हाफमा नै २–० ले अग्रता बनाएको फरेस्टले दोस्रो हाफमा १ गोल थप्यो।
जितसँगै नटिङघम फरेस्टले २० खेलबाट ४० अंक बनाएको छ। १२ खेल जितेको फरेस्टले समान चार खेलमा बराबरी र हारको नतिजा बेहोरेको छ।
समान खेलबाट दोस्रो स्थानको आर्सनलको पनि ४० अंक छ। आर्सनल र फरेस्टभन्दा एक खेल कम खेलेको शीर्ष स्थानको लिभरपुलको ४६ अंक छ।
पराजित वुल्भ्स २० खेलबाट १६ अंकमा तालिकाको १७औँ स्थानमा छ।
रेलिगेसन क्षेत्रको नजिक रहेको वुल्भ्स अहिले समस्यामा छ।
रेलिगेसन जोनबाट जोगिन वुल्भ्स सुखद नतिजाको खोजीमा छ।
Shares

प्रतिक्रिया