खेल


आर्सनलको उपाधि होडमा धक्का

आर्सनलको उपाधि होडमा धक्का

नेपालखबर
पुस २१, २०८१ आइतबार ७:४५, काठमाडौँ

ब्राइटन एन्ड होभ एल्बियनसँग अंक बाँडेपछि इङ्लिस प्रिमियर लिगमा आर्सनलको उपाधि होडमा धक्का लागेको छ। 

शनिबार राति ब्राइटनको घरेलु मैदानमा भएको खेलमा आर्सनलले १–१ को बराबरी गरेपछि उपाधि होडमा धक्का लागेको हो। 

पहिलो हाफको १६औँ मिनेटमा एथान एनावेरीको गोलमा आर्सनलले सुरुवाती अग्रता बनाएको थियो। तर खेलको ६१औँ मिनेटमा जाओ पेड्रोले पेनाल्टीमा बराबरी गोल गरेपछि आर्सनलको अंक खोस्न सफल भएको हो। 

बराबरीसँगै आर्सनल शीर्ष स्थानको लिभरपुलसँग ५ अंकले पछि परेको छ। लिगको २० खेलबाट ११ खेलमा जित, ७ खेलमा बराबरी र २ खेलमा हार भोगेको आर्सनलको ४० अंक छ। 

आर्सनलभन्दा २ खेल कम खेलेको लिभरपुलको ४५ अंक छ। लिभरपुलले १८ खेलमा १४ खेलमा जित, ३ खेलमा बराबरी र १ खेलमा मात्र हार भोगेको छ। 

गएराति नै भएको अर्को खेलमा चेल्सी र क्रिस्टल प्यालेसले बराबरी खेल्दै अंक बाँडे।

पछिल्लो समय लयमा रहेको चेल्सीले खेलमा सुरुवाती अग्रता बनाएपछि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad