खेल


वेस्ट ह्यामविरुद्ध सिटीको सहज जित

वेस्ट ह्यामविरुद्ध सिटीको सहज जित

नेपालखबर
पुस २१, २०८१ आइतबार ८:०, काठमाडौँ

एर्लिङ हालान्डले हानेका २ गोल सहयोगमा म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडविरुद्ध सहज जित हासिल गरेको छ।

शनिबार राति इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले वेस्ट ह्यामलाई ४–१ ले हराएको हो।

पहिलो हाफको १०औँ मिनेटमा वेस्ट ह्यामका भ्लादिमिर काउफलको उपहार गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो।

खेलका ४३ र ५५औँ मिनेटमा हालान्डको गोलमा सिटीले ३–० को अग्रता बनायो। हालान्डका दुवै गोलमा साभिन्होले असिस्ट गरेका थिए।

हालान्डले पछिल्लो तीन पहिनामा प्रिमियर लिगमा पहिलोपटक २ गोल गरेका हुन्।

खेलको ५८औँ मिनेटमा फिल फोडेनको गोलमा सिटीले ४–० को अग्रता लिएको थियो। खेलको ७१औँ मिनेटमा वेस्ट ह्यामका निकलस फुलक्रुगले गरेको गोल सान्त्वना बन्यो।

गएराति भएको अर्को खेलमा बेनफोर्डले साउथहेप्टनलाई ५–० ले हरायो।

लेस्टर सिटी एस्टोन भिल्लासँग २–० ले पराजित हुँदा हार्दा एभर्टन बर्नमाउनसँग १–० ले हार्‍यो। 

पछिल्लो समय लयमा रहेको न्यु क्यासलले टोटनह्यामविरुद्ध २–१ को जित हासिल गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad