काठमाडौंका विभिन्न स्थानबाट स्रोत नखुलेको ९२ लाख नगदसहित प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–१ घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ आरुबारी बस्ने ३४ वर्षीय रवि धमला, संखुवासभाको पाँचखपन नगरपालिका–७ घर भइ हाल चाबहिल बस्ने ३० वर्षीय सन्तोष विक र रसुवाको उत्तरगया गाउँपालिका– २ घर भइ हाल तारकेश्वर–४ लोलाङ बस्ने वर्ष ३९ को जीत बहादुर तामाङ रहेका छन्।
स्रोत नखुलेको रकम सहित केही व्यक्तिहरू शंकास्पद रूपमा हिँडडुल गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सो नगद सहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्तिउपर नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसारको कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाईएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक काजी कुमार आचार्यले जनाएका छन्।
Shares

प्रतिक्रिया