आईसीसी च्याम्पियन ट्रफी २०२५ फेब्रुअरी १९ बाट सुरु हुँदैछ। एक दिवसीय फर्म्याटमा हुने यो प्रतियोगिता २०१७ यता पहिलोपटक आयोजना हुन लागेको हो।
१९ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १५ खेल हुनेछन्।
१९९८ बाट सुरु भएको यो प्रतियोगितामा हालसम्म थुप्रै रोचक खेल भएका छन्। यसपालिको संस्करणमा पनि त्यस्ता खेल हुने नै छन्। च्याम्पियन्स ट्रफी २०२५ को पाँच रोचक भिडन्तबारे यहाँ चर्चा गरिएको छः
पाकिस्तानविरुद्ध भारत, दुबई (२३ फेब्रुअरी)
दुबईमा २३ फेब्रुअरीमा दुई पुराना प्रतिद्वन्द्वीहरू आईसीसीको प्रतियोगितामा फेरि भिड्नेछन्। यी दुई टोलीको खेलमा सबैभन्दा कडा टक्कर देख्न पाइन्छ, मैदानमा मात्रै होइन मैदानबाहिर पनि।
भारत आईसीसीका अन्य प्रतिस्पर्धामा पाकिस्तानमाथि हाबी भए पनि च्याम्पियन्स ट्रफीमा भने पाकिस्तानको अग्रता छ। यसअघिका खेलमा पाकिस्तानले ३ खेल र भारतले २ खेल आफ्नो पक्षमा पारेका छन्।
अन्तिम पटक सन् २०१७ को च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई पराजित गर्दै पहिलो उपाधि जितेको थियो।
तर त्यसपछि भएका पुरुष क्रिकेटमा यी दुई टोली ११ पटक भिडिसकेका छन्। ती खेलमा भने भारत हाबी छ। पाकिस्तानले जम्मा दुई खेलमा मात्रै आफ्नो पक्षमा नतिजा ल्याउन सक्यो। बाँकी ९ खेलमा भारत विजयी भयो।
भारतले २०२३ मा आईसीसी पुरुष क्रिकेट विश्वकपमा भाग लिने धेरै खेलाडीहरू उतार्ने सम्भावना छ। विश्वकपमा खेलेको भारतीय टोली फाइनलसम्म अपराजित रह्यो। यही टोली उतारेर पाकिस्तानलाई कडा चुनौती दिने भारतको तयारी छ।
अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिका, रावलपिन्डी (२५ फेब्रुअरी)
यी दुई टोली सन् २०२३ को एक दिवसीय विश्वकप क्रिकेटमा सेमिफाइनलमा भिडेका थिए। रोमाञ्चक यो भिडन्तपछि यी दुई टोली फेरि आमनेसामने हुन लागेका हुन्। पाकिस्तानको रावलपिन्डीमा यी दुई टोलीको भिडन्त बहुप्रतीक्षित छ।
सेमिफाइनलमा अस्ट्रेलियासँगको तीन विकेटको हारले दक्षिण अफ्रिकाको विश्वकप यात्रा नै टुंग्याइदियो।
तर समूह चरणमा अस्ट्रेलियालाई १३४ रनको भारी अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो। पछिल्ला ५ खेलमा अस्ट्रेलियामाथि दक्षिण अफ्रिका हाबी छ।
विश्वकपको सेमिफाइनलअघि लगातार चार खेल दक्षिण अफ्रिकाले जितेको थियो। यी सबै खेल सन् २०२३ मा भएका थिए। रोचक कुरा, ती सबै खेलमा दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गरेको थियो। र सबै नतिजा एकसय बढी रनले आफ्नो पक्षमा पारेको थियो।
अफगानिस्तानविरुद्ध अस्ट्रेलिया, लाहोर (२८ फेब्रुअरी)
ग्लेन म्याक्सवेलको सर्वकालीन उत्कृष्ट ब्याटिङ प्रदर्शनमा अस्ट्रेलियाले अफगानिस्तानलाई मुम्बईमा २०२३ क्रिकेट विश्वकपमा हराएको थियो।
अफगानिस्तानले सन् २०२४ आईसीसी पुरुष टी २० विश्वकपमा किंग्सटाउनमा ऐतिहासिक जित हासिल गरेको थियो।
रासिद खानको नेतृत्वमा अफगानिस्तान एकदिवसीय ढाँचामा इतिहास रच्न खोज्नेछ।
यी दुई टोली चारपटक भिडेका छन्। तर अफगानिस्तान जितिविहीन छ। यो प्रतियोगितामा जित निकाल्दै अफगानिस्तान हारको शृंखलामा ब्रेक लगाउन चाहन्छ।
सन् २०१२ पछि भएका चारै भेटमा अफगानिस्तानले अस्टे«लियालाई पराजित गर्न सकेको छैन।
दक्षिण अफ्रिकाविरुद्ध इङ्ल्यान्ड, कराँची (१ मार्च)
२०२३ मा भएको एक दिवशीय विश्वकप क्रिकेटमा यी दुवै टोलीले राम्रो रन बनाउन सकेनन्। तर इङ्गल्यान्ड र दक्षिण अफ्रिका ठूला खेलमा प्रतिस्पर्धा गर्न सक्षम छन्।
यी दुई टोली मार्च १ मा पाकिस्तानको कराँचीमा आमनेसामने हुनेछन्। २०२३ को फेब्रुअरीमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई ५९ रनले पराजित गरेको थियो। तर त्यसको ८ महिनापछि इङ्ल्यान्डलाई २२९ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले बदला लियो।
त्यसअघिका दुवै खेल पनि साउथ अफ्रिकाले नै जितेको थियो।
२०१९ को विश्वकप च्याम्पियन इङ्ल्यान्डले चुनौतीपूर्ण योगफल तयार गर्ने टोली कराँचीमा उतार्नेछ।
दक्षिण अफ्रिकासँग पनि त्यसको सामना गर्न अलराउन्ड बलिङ आक्रमण बलियो छ। अफ्रिकासँग बलिङमा धेरै विकल्पहरु छन्।
यी दुई टोलीको तयारीले कराँचीमा रोमाञ्चक प्रतिस्पर्धा हुने संकेत गर्छ।
न्युजिल्यान्डविरुद्ध भारत, दुबई (मार्च २)
दुबईमा मार्च २ मा हुने खेलमा भारतले न्युजिल्यान्डको सामना गर्नेछ। न्युजिल्यान्डमाथि भारत पछिल्लो नतिजालाई कायम राख्न चाहन्छ। सन् २०२३ को विश्वकपमा न्युजिल्यान्डमाथि भारत हाबी भएको थियो। पछिल्ला ५ भेटमा भारतले न्युजिल्यान्डलाई जितविहीन बनाएको छ।
भारतले एक दिवसीय विश्वकपका भेटमा भने न्युजिल्यान्डलाई पराजित ग¥यो।
यद्यपि, न्युजिल्यान्डले भर्खरै भएको टेस्ट शृंखलामा भने भारतलाई निराश बनाएको थियो। रोहित शर्माको टोलीमाथि ३–० को ऐतिहासिक जित हासिल गर्दै भारतको १२ वर्षको अपराजित यात्रालाई तोड्न सफल भयो।
Shares

प्रतिक्रिया