खेल


कुशल मल्लले इन्टरनेसनल लिग टी-२० खेल्ने

कुशल मल्लले इन्टरनेसनल लिग टी-२० खेल्ने

नेपालखबर
पुस ९, २०८१ मंगलबार १५:२६, काठमाडौँ

अलराउन्डर कुशल मल्लले यूएईमा हुने इन्टरनेसनल लिग टी–२०  खेल्ने भएका छन्। डेजर्ट भाइपर्सले कुशललाई अनुबन्धित गरेको घोषणा गरेको हो। 

डच अलराउन्डर बास डे लिड घाइते भएपछि उनको स्थानमा कुशललाई अनुबन्धित गरेको हो। बास डे लिड नेपाल प्रिमियर लिगकै क्रममा घाइते भएका हुन्। 

उनी पोखरा एभेन्जर्समा आवद्ध भएका थिए। तर चोटका कारण उनले एनपीएल खेल्न सकेनन्। इन्टरनेसनल लिग टी–२० पनि गुमाउने भएपछि कुशललाई भाइपर्सले अनुबन्धित गरेको हो। 

भाइपर्सका निर्देशक टम मूडीले कुशल मल्ललाई अनुबन्ध गरेको जानकारी दिँदै उनी युवा खेलाडी भए पनि माथिल्लो स्तरमा अनुभव बटुलिसकेको बताएका छन्। डेजर्ट भाइपर्स पहिलो संस्करणको इन्टरनेसनल लिग टी २० को उपविजेता टिम हो।

हालै सम्पन्न पहिलो संस्करणको एनपीएलमा कुशलले चितवन राइनोजको कप्तानी गरेका थिए। 

उनको कप्तानीमा चितवन अन्तिम चारमा स्थान बनाउन सफल भएको थियो। कुशल विस्फोटक ब्याटिङले परिचित छन्। नेपालका लागि टी–२० मा सर्वाधिक रन बनाउने उनी पाँचौँ स्थानमा छन्। 

४७ खेलमा कुशलले १ शतक र ४ अर्धशतकसहित ९१७ रन बनाएका छन्।

डेजर्ट भाइपर्सले यो सिजनको पहिलो खेल १२ जनवरीमा अबुधाबी नाइट राइडर्ससँग खेल्नेछ।

यसअघि नेपालका दीपेन्द्रसिंह ऐरीले गल्फ जायन्टबाट यो लिग खेलेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad