खेल


नेपाल प्रिमियर लिगको उपाधि जनकपुरलाई, फाइनलमा सुदूरपश्चिमसँग लियो बदला

नेपाल प्रिमियर लिगको उपाधि जनकपुरलाई, फाइनलमा सुदूरपश्चिमसँग लियो बदला

लक्ष्मी जि.सी
पुस ६, २०८१ शनिबार १५:४६, काठमाडौँ

नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सले जितेको छ। 

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि जितेको हो। 

योसँगै समूह चरण र पहिलो क्वालिफायरमा व्यहोरेको हारको पनि जनकपुरले बदला लिएको छ। 

लिग चरणमा जनकपुर ७२ रनले र पहिलो क्वालिफायरमा ८ विकेटले सुदूरपश्चिमसँगको खेल गुमाएको थियो।

लाहिरु मिलान्थाको विस्फोटक ब्याटिङमा जनकपुरले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि उचालेको हो।

शनिबार भएको फाइनलमा सुदूरपश्चिमले दिएको १ सय ८५ रनको विशाल लक्ष्य जनकपुरले ४ बलअगावै ५ विकेटको क्षतिमा भेट्टायो। 

जनकपुरको जितमा लाहिरु मिलान्थाले सर्वाधिक ८७ रनको योगदान दिए। ४९ बलमा ९ चौका र ४ चौका प्रहार गरेका मिलान्था स्कट कुग्लेजिनको बलमा कट एण्ड बोल्ड हुन पुगे।

जनकपुरका कप्तान आशिफ शेख ३३ रन बनाउँदा सैफ जैवको बलमा म्याकमुलेनको हातबाट क्याच आउट भए। उनले १९ बलमा ४ चौका र २ छक्का प्रहार गरे। 

मोहम्मद मोहसिन ९ रन बनाउँदा इसान पाण्डेको बलमा बोल्ड आउट भए। जेम्स निसम ४ रन बनाउँदा दिपृेन्द्रसिंह ऐरिको बलमा बोल्ड आउट हुन पुगे। आकाश भिपाठी २ रनमा रनआउट भए।

हर्ष ठाकेर ३० र मयन यादव  २ रनमा नटआउट रहे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमाक ९ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको थियो।

पहिलो विकेटका लागि विनोद भण्डारी र सैफले १२ ओभरमा १ सय १७ रनको साझेदारी गर्दै सुुदुरपश्चिमलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। १२ औँ ओभरको अन्तिम बलमा सैफ जैवलाई गुमाएको सुदुरपश्चिमले १३ औँ ओभरको दोस्रो बलमा विनोद भण्डारीलाई गुमाउन पुग्यो। 

६९ रन बनाएका ओपनर सैफ जैव १२ औँ ओभरको अन्तिम बलमा ललित राजवंशीको बलमा किशोर महतोको हातबाट क्याच आउट भए। उनले ४३ बलमा ८ चौका २ छक्का प्रहार गरे। जैवले  ३३ बलमा ५ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। 

३१ बलमा १ चौका र ३ छक्का हानेका भण्डारी ४१ रन बनाउँदा ललितकै बलमा बोल्ड आउट भए।

शीर्ष क्रमका ब्याटर क्रिजमा टिकेपनि तल्लो क्रमका ब्याटर केही दबाबमा देखिए। 

१५औँ ओभरको अन्तिम बलमा हरमित सिंह १४ रन बनाउँदा मोहम्मद मोहसिनको बलमा वैकल्पिक फिल्डर हेमन्त धामीको हातबाट क्याच आउट भए। 

१४ रन नै बनाएका ब्राण्डोन म्याकमुलेन जेम्स निसमको बलमा बोल्ड आउट भए। कप्तान दीपेन्द्रसिंह ऐरी ९ रन बनाउँदा मोहसिनको बलमा नै धामीको हातबाट क्याच आउट भए। आरिफ शेख १ रन बनाउँदा मोहसिनको बलमा ललित राजवंशीको हातबाट आउट हुन पुगे। 

स्कट कुगेलिन १३ रा बनाउँदा किशोर महतोको बलमा बोल्ड आउट हुन पुगे। नरेश बुढाएर ८ रन बनाउँदा किशोरको बलमा शेर मल्लको हातबाट क्याच आउट भए। 

जनकपुरका मोहम्मद मोहसिन र किशोर महतोले समान ३ विकेट लिए। मोहसिनले आफ्नो स्पेलमा ३६ रन दिए।

जेम्स निशम र ललित राजवंशीले समान एक विकेट आफ्नो नाममा गरे। ललितले आफ्नो स्पेलमा १ मेडन राख्दै १५ रन दिएर १ विकेट झारे। निसमले ४ ओभरमा ४४ रन खर्चेर मात्र १ विकेट लिए।

फाइनल खेलमा क्याच अफ द म्याच शेर मल्ल २५ हजार, इलेक्ट्रिक मोमेन्ट अफ द म्याच हेमन्त धामी २५ हजार, धेरै चौका हान्ने लाहिरु मिलान्था २५ र ५ हजार र प्लेयर अफ द म्याच लाहिरु मिलान्था बने। उनले ५० हजार रुपैयाँ पाए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad