नेपाल प्रिमियर लिगको जारी फाइनल खेलमा सुदूरपश्चिमविरुद्ध जनकपुर बोल्ट्सले लगातार दुई ओभर मेडन राखेको छ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले पहिलो ओभर राम्रो खेले पनि त्यसपछि जनकपुरले कसिलो बलिङ गरेको हो।
जनकपुरका हर्ष ठाकरले चौथो र ललित नारायण राजवंशीले पाँचौँ ओभरमा कुनै पनि रन दिएनन्।
फाइनल भिडन्तको पहिलो इनिङको पावरप्ले सकिँदा सुदूरपश्चिमले विना विकेट क्षतिमा ४८ रन बनाएको छ।





228
Shares

प्रतिक्रिया