कला


चरित्रहत्या हुने भिडिओ बनाइएपछि समीक्षाले दिइन् साइबर ब्युरोमा उजुरी

चरित्रहत्या हुने भिडिओ बनाइएपछि समीक्षाले दिइन् साइबर ब्युरोमा उजुरी

फाइल तस्बिर: समीक्षा अधिकारी


नेपालखबर
पुस ६, २०८१ शनिबार १२:५८, काठमाडौँ

गायिका समीक्षा अधिकारीले आफ्नो चरित्रहत्या हुने भिडिओ बनाइएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्।

एआई प्रयोग गरी आफ्नो चरित्रहत्या हुने भिडिओ बनाएर भाइरल पारिएको थाहा पाएपछि कानुनी उपचार खोजिएको समीक्षाले बताएकी छन्।

शनिबार बिहान गायिका अधिकारीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘एआई प्रयोग गरी मेरो चरित्रहत्या हुने भिडिओ बनाएर भाइरल गरिएको देखेँ। यत्तिकै सिर्जनशीलता र समय राम्रो काममा खर्चिएको भए तपाईंहरू (जसले भिडिओ बनाए) को वर्तमान र भविष्य उज्वल हुने थियो। मैले पनि कानुनी उपचार खोज्नुपर्ने थिएन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad