खेल


हिमालयन चेस एकेडेमीले ट्रेनिङ सञ्चालन गर्ने

हिमालयन चेस एकेडेमीले ट्रेनिङ सञ्चालन गर्ने

नेपालखबर
पुस ४, २०८१ बिहिबार २०:५०, काठमाडौँ

हिमालयन चेस एकेडेमी (एचसीए) ले भक्तपुरका युवा खेलाडीलाई कौशलटारमा प्रशिक्षण दिने भएको छ। यसको लागि एकेडेमीले योङ लर्नस (रिडर्स हव) सँग विहीबार सम्झौता गरेको छ।

गत चैतमा थापाथलीस्थिमा स्थापना गरिएको हिमालयन चेस एकेडेमीको पहिलो शाखा विस्तारबारे यसका अध्यक्ष मोनालिशा खम्बूले भनिन्, ‘नेपाली चेसको लागि खेलाडी उत्पादनमा भक्तपुर उर्वर क्षेत्र हो। नियमित प्रशिक्षणको लागि भक्तपुरबाट थापाथली आउजाउ गर्न टाढा पर्नसक्छ। त्यसैले भक्तपुरका बालबालिकाकालाई नजिकै र सहजताका लागि योङ लर्नर्ससँग सहकार्य गर्दै कौशलटारमै प्रशिक्षण दिने व्यवस्था गरिएको हो।’

योङ लर्नर्सकी संस्थापक वन्दना अर्याल भन्छिन्, ‘हामीले बालबालिकाको व्यक्तित्व विकासको लागि आर्टस्, भ्वाइलिन, नाट्यलगायत सिकाइरहेका छौं। एउटै स्प्थानमा बालिबालिकाले धेरै कुरा सिक्न पाओस् भनेर हामीले हिमालयन चेस एकेडेमीसँग सहकार्य गरेर चेसको प्रशिक्षण थपेका छौं। आफ्ना बालबालिकालाई चेस सिकाउनका लागि धेरै अभिभावक सम्पर्कमा आएका छन्। अब चेसको नियमित प्रशिक्षण सञ्चालन गर्नेछौं।’

उनकाअनुसार पुस १३ गतेदेखि चेस ट्रेनिङ सुरु गरिनेछ। सुरुमा साप्ताहिक रुपमा शनिबार दिउँसो १२ देखि २ बजे ट्रेनिङ सञ्चालन हुनेछ, जसमा ५ वर्षदेखि १२ वर्षसम्मका बालबालिका सहभागि हुन पाउनेछन्।

दुवै संस्था गत वर्ष स्थापित भएका हुन्। नेपालको पहिलो महिला राष्ट्रिय च्याम्पियन मोनालिशा खम्बूदेवारा स्थापित हिमालयन चेस एकेडेमीका उपत्यकाका १३ विद्यालयमा चेस प्रशिक्षण दिइरहेको छ भने थापाथलीस्थित केन्द्रमा ८० भन्दा बढी खेलाडीले नियमित ट्रेनिङ गरिरहेका छन्। एकेडेमीले प्रतियोगिता व्यवस्थापन, वर्कसपलगायत चेसका सम्पूर्ण गतिविधि सञ्चालन गर्दै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad