नेपाल प्रिमियर लिगमा कर्णाली याक्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको जनकपुर बोल्ट्सले दुवै ओपनर गुमाएको छ।
जनकपुरका ओपनर शुभ कंसकार ३ रन जोडेर आउट भएका हुन्। उनलाई बिपिन शर्माको दोस्रो ओभरको तेस्रो बलमा सोमपाल कामीले क्याच आउट गरे।
तेस्रो ओभरको तेस्रो बलमा सोमपाल कामीले आशिफ शेखलाई पनि आउट गरे। आसिफले ६ बलमा ४ रन मात्रै बनाए।
पहिले ब्याटिङ गरेको कर्णालीले ११९ रनको लक्ष्य दिएको छ। जनकपुरले ३ ओभरको खेल सकिँदा १० रन बनाएको छ।
30
Shares

प्रतिक्रिया