खेल


कर्णाली प्लेअफसम्म पुग्दैन कि भन्ने चिन्ता थियो, अब फाइनल पुग्ने विश्वास जाग्यो : सोमपाल

कर्णाली प्लेअफसम्म पुग्दैन कि भन्ने चिन्ता थियो, अब फाइनल पुग्ने विश्वास जाग्यो : सोमपाल

नेपालखबर
पुस ३, २०८१ बुधबार १७:३८, काठमाडौँ

कर्णाली याक्सका कप्तान सोमपाल कामीले लिगका प्रदर्शन र नतिजा भुलेर प्लेअफमा नयाँ प्रतियोगिताका रूपमा हेरेर खेलेको बताएका छन्।

चितवन राइनोजमाथि जित हात पारेपछि पत्रकार सम्मेलनमा कर्णालीका कप्तान सोमपालले यसअघि जे जस्तो प्रदर्शन भए पनि प्लेअफमा नयाँ प्रतियोगिताका रूपमा लिएको प्रतिक्रिया दिएका हुन्।

उनले टस जिते पनि आफ्नो लक्ष्य ब्याटिङ गर्ने नै लक्ष्य रहेको उल्लेख गरे। यसअघि ब्याटिङमा राम्रो सुरुवात चाहे पनि पाउन नसक्दा विकल्प खोजिरहँदा जयकिसन कोल्सावालालाई भित्र्याएको उनको भनाइ छ।

अगाडिदेखि नै नेपाली क्रिकेटबारे जानकार कोल्सावालासँग कुराकानी पनि भइरहेको उनले खुलाए। दिएको जिम्मेवारीअनुरूप कोल्सावालाले राम्रोसँग काम गरेको सोमपालको भनाइ छ।

कुन खेलाडीले कति रन बनायो भन्ने कुरा ध्यान दिनेभन्दा पनि बोर्डमा कुल कति रन बन्यो भन्ने ध्यान दिएको सोमपाल बताउँछन्।

१६० रनको जति लक्ष्य बनाउने योजना बनाए पनि धेरै हुँदा आफू खुसी रहेको उनको भनाइ छ। कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १५४ रन मात्र बनाउन सक्यो।

बुधबार भएको एलिमिनेटर खेलमा चितवनलाई २१ रनले हराउँदै कर्णाली दोस्रो क्वालिफयरमा पुगेको छ। कर्णाली अब फाइनलमा स्थान बनाउनका लागि पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्ट्ससँग भिड्नेछ।

सोमपालले लिगमा आफ्नो टोली प्लेअफसम्म पुग्दैन कि भन्ने चिन्ता रहेको बताए तर बलरहरूले राम्रो गरेर यहाँसम्म ल्याएको सुनाए। अब फाइनलसम्मको लक्ष्य देखेको उनी बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad