चितवन राइनोजका अनभुवी खेलाडी शरद भेषावकरले रवि बोपारा र सोहेल तनभिरजस्ता अनुभवी क्रिकेटरसँग खेल्न पाउँदा धेरै कुरा सिक्न पाएको बताएका छन्। साथै उनले चितवनका कप्तान कुशल मल्लको खुलेर प्रशंसा पनि गरे।
कर्णाली याक्ससँग पराजय बेहोर्दै एनपीएल यात्रा टुंग्याएपछि पत्रकार सम्मेलनमा शरदले सोहेल र बोपाराले गरेर आठ सयदेखि एक हजार खेल खेलिसकेको र ती अनुभवी खेलाडीबाट आफू धेरै कुरा सिक्न पाएको बताए।
टिमका सबै खेलाडीको अनुभव जोड्दा रवि र सोहेलको नजिक नपुग्ने र उनीहरूले धेरै ज्ञान पनि सिकाउने गरेको बताए।
समग्रमा धेरै प्रयास गरे पनि अगाडिको यात्रा सम्भव नभएको उनले सुनाए।
जहिल्यै पनि ब्याक सिटमा बस्ने कुशल मल्लले आफूलाई नेतृत्वमा विकास गरेको भन्दै उनले खुसी प्रकट गरे।
आफ्नै कप्तानीमा फ्रेन्चाइज लिग खेल्दा ट्यालेन्ट हन्टबाट ल्याएको कुशलकै कप्तानीमा खेल्न पाउनु आफ्नो लागि खुसी लागेको उनी बताउँछन्।
कहिलेसम्म क्रिकेट खेल्ने अहिले नै भन्न नसके पनि अवसर पाएसम्म क्रिकेट खेल्ने उनको भनाइ छ।
‘सँगै खेलेका सहकर्मी व्यवस्थापन र प्रशिक्षणमा राम्रो गरिरहनुभएको छ, खुसी लागेको छ,’ उनले भने, ‘उहाँहरूको काम प्रशंसनीय छ।’
कप्तान भएपछि उसमाथि धेरै जिम्मेवारी हुने र त्यसमा कुशलले धेरै पक्षमा आफूलाई विकास गरेको उनको भनाइ छ ।
ब्रायन लाराजस्ता क्रिकेटर नेपाल आउनु र उनीहरूले नेपालको क्रिकेट प्रमोट गर्नु राम्रो र सुखद् पक्ष रहेको धारणा पनि उनले राखे।
Shares

प्रतिक्रिया