खेल


एनपीएलको फाइनलमा पुग्न सुदूरपश्चिमले पायो १४० रनको लक्ष्य

एनपीएलको फाइनलमा पुग्न सुदूरपश्चिमले पायो १४० रनको लक्ष्य

नेपालखबर
पुस ३, २०८१ बुधबार १४:३७, काठमाडौँ

नेपाल प्रिमियर लिगको फाइनलमा पुग्न सुदूरपश्चिम रोयल्सले १४० रनको लक्ष्य पाएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको हो।

जेम्स निशमले बनाएको ४४ रन नै जनकपुरका लागि सर्वाधिक रह्यो। उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दा स्कट कुगेलिनको बलमा बोल्ड आउट भए। 
शुभ कंसाकार २६ रनमा रनआउट भए। १२ रन बनाउँदा हर्ष ठाकर सैफ जैवको बलमा म्याकमुलेनको हातबाट क्याच आउट भए।

ओपनर लाहिरु मिलान्था १४ बलमा २ चौका सहयोगमा १२ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीको बलमा एलबीडब्लु धरापमा परे। कप्तान आशिफ शेख १० बलमा २ चौका सहयोगमा ११ रन बनाउँदा सैफ जैवको बलमा बोल्ड आउट भए।

सुदुरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले ३ विकेट झारे। सैफ जैवले २ विकेट लिए। स्कट कुग्लेजिन र अविनास बोहोराले समान एक विकेट आफ्नो नाममा गरे।

यो खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ। पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा कर्णाली याक्सविरुद्ध खेल्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad