भारतीय अफ स्पिनर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका छन्।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले सामाजिक सञ्जाल एक्समामार्फत अश्विनलाई उनको सेवाका लागि धन्यवाद दिएको छ।
अस्ट्रेलियाविरुद्ध ब्रिसबेनमा भएको टेस्ट खेल बराबरीमा सकिएपछि अश्विनले सन्न्यास घोषणा गरेका हुन्।
३८ वर्षीय अश्विनले आफ्नो करियरमा १०६ खेल खेलेर ५३७ विकेट लिएका छन्।
उनले खेलमा ८ पटक १० विकेट लिए। ब्याटिङमा पनि अश्विनको प्रदर्शन राम्रो रह्यो।
उनले ६ शतक र १४ अर्धशतक पनि बनाए।
18
Shares

प्रतिक्रिया