भारतीय फिल्म ‘लापता लेडिज’ ९७ औँ अस्कार अवार्डको दौडबाट बाहिरिएको छ। यो फिल्म अन्तिम १५ फिल्मको सूचीमा पर्न सकेन।
ब्रिटिश–भारतीय निर्देशक सन्ध्याको फिल्म ‘सन्तोष’ टप १५ मा पुग्न सफल भयो। फिल्मले बेलायतको प्रतिनिधित्व गर्नेछ।
‘लापता लेडिज’लाई विदेशी विधामा फिल्म अवार्डका लागि पठाइएको थियो। फिल्म फेडरेसन अफ इन्डियाले २३ सेप्टेम्बरमा अस्कर २०२५ मा पठाउने घोषणा गरेको थियो।
यो फिल्म किरण राव निर्देशित र आमिर खान प्रोडक्सनको ब्यानरमा बनेको थियो। यस फिल्ममा रवि किशन, स्पर्श श्रीवास्तव, प्रतिभा रन्त र नितांशी गोयल मुख्य भूमिकामा छन्।
त्यसैगरि, नेपालबाट सिफारिस भएको फिल्म ‘शाम्बाला’ पनि अवार्डको दौडबाट बाहिरिएको छ। मीनबहादुर भाम निर्देशित यस फिल्मले अन्तर्राष्ट्रिय फिचर विधामा प्रतिस्पर्धामा उत्रेको थियो। तर, यो फिल्म पनि टप १५ भित्र अटाउन सकेन।
गत भदौ २८ गतेबाट रिलिज भएको यस फिल्मले निकै राम्रो प्रतिक्रिया पाएको थियो। जसकारण फिल्मबाट निकै आशा गरिएको थियो।

यसपटकको सर्टलिस्ट नेपाल र भारतसहित एसियाकै लागि निराशाजनक देखिएको छ।
किनकी यो पटक चीन, दक्षिण कोरिया, जापान र पश्चिमी एसियाली देशका फिल्महरु यो विधामा पर्न सकेनन्। यद्यपि, ‘हाउ टु मेक मिलियन्स बिफोर ग्रान्डमा डाइज’ यो विधामा छनोट भएको छ।
Shares

प्रतिक्रिया