खेल


नेपालविरुद्ध जितका लागि भारतले पायो ९५ रनको लक्ष्य

नेपालविरुद्ध जितका लागि भारतले पायो ९५ रनको लक्ष्य

नेपालखबर
पुस २, २०८१ मंगलबार १३:५५, काठमाडौँ

एसीसी महिला यू–१९ एसिया कपमा भारतले जितका लागि ९५ रनको लक्ष्य पाएको छ। 

टस जितेर फिल्डिङ रोजेको भारतले २० ओभरमा नेपालको ९ विकेट लिई ९४ रनमा रोकेको हो। 

नेपालका दुई खेलाडीले मात्रै दोहोरो अंकको रन बटुले। पूजा महतोले २५ र एलिशा यादवले २० रन बनाउँदा साना प्रवीन ९, सावित्री धामी ३, सोनी पाख्रिन ८, ज्योत्स्निका मरासिनी ६, अनु कडायत र कुसुम गोदारले १–१ तथा रचना चौधरीले ३ रन बनाए। 

भारतले नेपाललाई १८ अतिरिक्त रन दियो। 

बलिङतर्फ भारतकी पारुणिका सिसोडियाले ४ विकेट लिइन्। उनीबाहेक मिथिला विनोद र आनन्दिता किशोरले समान १ विकेट लिए। 

भारतले केही बेरमा ब्याटिङ गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad