कोशी


मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको शिलान्यास

मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको शिलान्यास

नेपालखबर
पुस २, २०८१ मंगलबार १३:५८, पथरी (मोरङ)

मोरङको रंगेली नगरपालिकामा साढे ९ करोड रुपैयाँको लगानीमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको शिलान्यास गरिएको छ। 

रंगेली–८ स्थित दर्वेशामा निर्माण हुने उक्त केन्द्रको जिल्ला समन्वय समितिका उपप्रमुख उषा झा ठाकुर, रंगेलीका नगरप्रमुख दलिप बगडिया, सुनवर्षी नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद राजवंशी, धनपालथान गाउँपालिकाका अध्यक्ष जीवछ गच्छदार, कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमती इङ्नामले संयुक्त रुपमा शिलान्यास गरेका हुन्।

सो अत्यावश्यक सेवा केन्द्रको शिलान्यास गर्दै केन्द्रमा जनशक्ति, उपकरण र विपद् व्यवस्थापनका लागि आवश्यक सबै स्रोतसाधन उपलब्ध रहने जिल्ला समन्वय समिति उपप्रमुख ठाकुरले बताए। रंगेली र सुनवर्षी नगरपालिका तथा धनपालथान र कानेपोखरी गाउँपालिकालाई लक्षित गरी निर्माण हुने केन्द्रले विपद् व्यवस्थापनका लागि एकीकृत रुपमा सञ्चालन हुने रंगेलीका उपप्रमुख भुमा पराजुलीले बताए।

केन्द्र निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश सरकारले एक वर्षअघि त्रिपक्षीय सम्झौता गरेको थियो। रंगेली नगरपालिकाले रु दुई लाख २५ हजार प्रतिकट्ठाका दरले दर्वेशामा १२ कट्ठा जग्गा खरिद गरेको थियो।  

प्रदेश सहयोग कार्यक्रमको  २ करोड रुपैयाँ, कोशी प्रदेश सरकारको आन्तरिक तथा कानुन मन्त्रालयको  ६ करोड २५ लाख २९ हजार र चारवटै पालिकाबाट १ करोड ८५ लाख रुपैयाँको लगानीमा निर्माण हुने भएको छ। सेवा केन्द्र एक वर्षभित्र सम्पन्न गर्नेगरी ब्राइट बुल निर्माण सेवाले ठेक्का पाएको छ।रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad