खेल


रोल्लर स्केट प्रतियोगिताः पुरुषतर्फ राजन र महिलातर्फ निर्जला प्रथम

रोल्लर स्केट प्रतियोगिताः पुरुषतर्फ राजन र महिलातर्फ निर्जला प्रथम

नेपालखबर
मंसिर ३०, २०८१ आइतबार २०:९, काठमाडौँ

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घले आयोजना गरेको तेस्रो राष्ट्रिय फ्री–स्टाइल रोल्लर स्केट प्रतियोगिता–२०८१ का विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ।

काठमाडौँको गल्फुटार स्केटपार्कमा दुई दिनसम्म चलेको प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुुने खेलाडीलाई पुरस्कार प्रदान गरिएको हो। पुरुषतर्फ राजन मक्राती प्रथम भएका छन्। यस्तै, सोहन गुरुङ द्वितीय र रोहन कुँवर तृतीय भएका आयोजक सङ्घका अध्यक्ष अच्युत खनालले जानकारी गराए।

उनीहरुले क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष खनालले बताए।

यस्तै, महिलातर्फ निर्जला श्रेष्ठ प्रथम, सन्ध्या मगर द्वितीय र निमिशा तामाङ तृतीय भएका छन्। उनीहरूले क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका महासचिव सत्य थापाले जानकारी दिए।

प्रतियोगिताको पहिलो दिन शनिबार दुई सय ५० पुरुष र एक सय ५० महिला खेलाडीको सहभागितामा छनोट चरणका खेलहरू भएका थिए। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आइतबार प्रतियोगिताको उद्घाटन गरेका थिए।

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घले वार्षिक रूपमा राष्ट्रिय फ्री–स्टाइल रोल्लर स्केट प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगिताका विजेतालाई दक्षिण कोरियामा आगामी जुन महिनामा आयोजना हुने एसियन रोल्लर डारबी प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad