अन्ततः नेपाल प्रिमियर लिगको प्लेअफमा सुदूरपश्चिम रोयल्स ढुक्क बनेको छ।
पोखरा एभेन्जर्सका ब्याटर अन्तिम ओभरमा सम्हालिन नसक्दा सुदूरपश्चिम २०औँ ओभरमा आइतबार दिउँसो ५ रनले जित निकाल्न सफल भयो।
अन्तिम ओभरमा बलिङ फ्याँकेका स्कट कुगेलिनले बाँकी दुई बल फ्याँक्नै परेन।
सुदूरपश्चिमका लागि खेलिरहेका उनले पहिलो बल नै वाइड दिए। तर दोस्रो बलमा किरण ठगुन्ना शिकार हुनपुगे भने सुदूरपश्चिमले पोखराका सुदीप अर्याललाई रनआउट गर्न सफल भयो। तेस्रो बल डट भयो।
चौथो बल विपिन खत्रीको ब्याटमा आकाशिएपछि म्याकमुलेनले क्याचआउट गरिदिए। त्योसँगै सुदूरपश्चिम १० अंकसहित प्लेअफमा सुरक्षित हुन पुग्यो।
तस्बिरमा हेर्नुहोस् सुदूरपश्चिमको ब्याटिङ

































354
Shares

प्रतिक्रिया