खेल


जित्नैपर्ने खेलमा नचुकेको काठमान्डु गुर्खाज (तस्बिरहरू)

जित्नैपर्ने खेलमा नचुकेको काठमान्डु गुर्खाज (तस्बिरहरू)

सरोज नेपाल
मंसिर ३०, २०८१ आइतबार १२:४७, काठमाडौँ

प्लेअफ सम्भावना जीवितै राख्न जित्नैपर्ने विराटनगरविरुद्धको खेल काठमान्डुले ११ बल बाँकी छँदै १ विकेटले जितेको छ। 

यसले अन्य तीन टोलीमाथि समेत केही दबाब बढाएको छ। 

काठमान्डुले आजको जितपछि समान ८ अंक बनाएको हो। कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजको पनि ८ अंक छ। यिनैमध्ये १ टोलीले प्लेअफ गुमाउनेछ। 

आजको खेलमा टस जितेर काठमान्डुले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगरले सबै विकेट गुमाउँदै ११७ रन मात्र बनाएको थियो। 

११८ रनको लक्ष्य काठमान्डुले १८.१ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको हो। 

तस्बिरमा हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad