खेल


चितवनको जितसँगै प्लेअफ होडबाट बाहिरिए पोखरा र विराटनगर

चितवनको जितसँगै प्लेअफ होडबाट बाहिरिए पोखरा र विराटनगर

नेपालखबर
मंसिर २९, २०८१ शनिबार १६:४६, काठमाडौँ

चितवन राइनोजले नेपाल प्रिमियर लिगअन्तर्गत आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई हराएसँगै अन्य दुई टोलीको प्लेअफ खेल्ने सम्भावना सकिएको छ। 

पोखरा एभेन्जर्स र विराटनगर किंग्स लिगबाट बाहिरिएका हुन्। 

यी दुवै टोलीले अब १/१ खेल खेल्न बाँकी छ। ४/४ अंक भएका कारण अबको खेल जिते पनि यीमध्ये कुनै पनि प्लेअफ पुग्नेछैनन्। किनभने जितपछि उनीहरुको ६ अंक मात्रै हुनेछ। यसअघि नै चितवनसहित कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सको पनि समान ८ अंक छ। 

काठमान्डु गुर्खाजको भने प्लेअफ पुग्ने गणितीय सम्भावना बाँकी नै छ। काठमान्डुले ६ खेलबाट ६ नै अंक जोडेको छ। अबको जितले उसको पनि ८ अंक हुनेछ। यता सुदूरपश्चिमको ८ अंक भएकाले उसले अब बाँकी दुई खेलमा कम्तीमा १ खेल जिते पनि प्लेअफ खेल्नेछ।

१ खेल खेल्न बाँकी रहेको कर्णाली याक्सले पनि १ खेल खेल्न बाँकी छ। उसले पनि उक्त खेल जिते प्लेअफमा पुग्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad