खेल


काठमान्डुलाई जितका लागि पोखराले दियो १३९ रनको लक्ष्य (तस्बिरहरू)

काठमान्डुलाई जितका लागि पोखराले दियो १३९ रनको लक्ष्य (तस्बिरहरू)

सरोज नेपाल
मंसिर २९, २०८१ शनिबार १०:५०, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) मा जित्नैपर्ने दबाबमा रहेको खेलमा पोखरा एभेन्जर्सले काठमान्डु गुर्खाजसामु जितका लागि १ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमान्डुले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३८  रनको योगफल तयार पारेको हो। 

पोखराका मध्यक्रमका ब्याटर रेमोन रेइफर ४१ रनमा अविजित रहे। उनले ३० बलमा १ चौका र ३ छक्का हाने। 

ओपनर दिनेश खरेल ३८ रन बनाउँदा रासिद खानको बलमा एलबीडब्लु धरापमा परे। २५ बलको सामना गरेका खरेलले ६ चौका र १ छक्का प्रहार गरे। 

२७ रन बनाएका दिलीप नाथ पनि रासिद खान कै बलमा बोल्ड आउट भए। 

अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। आन्द्रेस गउस र नारायण जोशी शून्य रनमा नै पेभेलियन फर्के।

आकर्षित गोमेल ८, कप्तान कुशल भुर्तेल ७ रनमा आउट भए। माइकल लिस्क १ रन बनाउँदा करण केसीको बलमा एलबीडब्लु धरापमा परे।

काठमान्डुका लागि रासिद खान र करण केसीले समान ३ विकेट झारे। जेहार्ड इरासमस र माइकल लेविटले समान एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad