विराटनगर किंग्सले बिहीबार पोखरा एभेन्जर्ससँग सुपर ओपरमा खेल गुमाएपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा चौथो हार सामना गरेको छ ।
रेमोन रेइफर्ट चम्किँएपछि पोखराले विराटनगरलाई सुपर ओभरमा हराएको हो। त्यसअघि विराटनगरले १४० रनको लक्ष्य दिएको थियो।
जवाफी ब्याटिङ गरेको पोखराले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाएपछि खेल सुपर ओभरमा धकेलियो। अन्तिम ओभरमा बसिर अहमदले किफायती बलिङ गर्न नसकेपछि खेल सुपर ओपरसम्म पुगेको हो।
अन्तिम ओभरमा १३ रन आवश्यक थियो। यस क्रममा रेइफर्टले अन्तिम बलमा छक्का प्रहार गर्दै योगफल बराबरी गराए। सुपर ओभरमा पनि उनी नै ब्याटिङ गर्न आए र उत्कृष्ट प्रदर्शन पनि गरे।
रेइफर्टले सन्दीप लामिछानेको बलमा दुई छक्का र एक चौका प्रहार गरे। यससँगै विराटनरले सुपर ओभरमा १९ रनको लक्ष्य पायो। सुपर ओभरमा रेइफर्टले नै बलिङ गरे। बलिङमा पनि उनी उत्कृष्ट रहे। उनले पाँच रन मात्र दिँदै जित दिलाए। यो हारसँगै विराटनगरको प्लेअफ पुग्ने सम्भावना कठिन बनेको छ।
त्यसअघि विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३९ रन बनाएको थियो। यसै खेलमार्फत डेब्यु गरेका स्कट एडवार्ड्सले ४५ रन जोडे पनि विराटनगरले सामान्य योगफल बनाएको हो।
विराटनगरका ओपनर लोकेश बमले २६ रन जोड्दा अर्का ओपनर मार्टिन गप्टिल ५ रनमै आउट भए। त्यसपछि नरेन भट्ट पनि ४ रनमा नै पेभेलियन फर्किए।
पावर प्लेमा ३४ रन जोडेको विराटनगरले दुई विकेट गुमायो। तर मध्य क्रमका निकोलस किर्टनले १९ रन र बसिरले २१ रन जोड्दै विराटनगरको इनिङलाई मध्यम योगफल अग्रसर गराएका हुन्।
तर यो लक्ष्य पनि पोखराका लागि सहज भएन। राम्रो शुरुवात गरे पनि पोखराको ब्याटिङले संघर्ष गर्नुपर्यो। १०.३ ओभरमा पोखरा ८०-२ को अवस्थामा थियो। थप ४५ रन जोड्न चार विकेट गुमाएपछि पोखरा दबाबमा पर्यो। यस क्रममा आन्द्रिय गौस ३९, जेन मलिक ४ र माइकल लिस्क ११ रनमा पभिलियन फर्किए।
पावर प्लेमा विराटनगरले ५९ रन जोड्दा ओपनर दिनेश खरेलको विकेट मात्रै लिन सक्यो। तर, अर्का ओपनर गौसले २७ बलमा ३९ रन जोड्दै पोखरालाई जितनजिक पुर्याए। उनको इनिङमा सात चौका रह्यो।
२३ बल खेलेका रेइफर्ट ३४ रनमा अविजित रहे। जितका लागि अन्तिम बलमा सात रन चाहिएको अवस्थामा उनले नै बसिर अहमदमाथि छक्का प्रहार गर्दै खेल टाई गरे। विराटनगरका प्रतीश जिसीले चार र क्रिस सोलले दुई विकेट लिए पनि आफ्नो टोलीको लक्ष्य रक्षा गर्न असफल भए। कप्तान सन्दीपसँगै अनिल खरेल र किर्टन पनि विकेटविहीन भए।
अब विराटनगरले दुई खेल खेल्न बाँकी छ। यी खेल जिते मात्र पनि विराटनगरको प्लेअफ यात्रा तय हुने छैन। अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ।
Shares

प्रतिक्रिया